• ५ मङ्सिर २०७५ बुधबार/ Wednesday 11-21-2018
  • स्टुडियो टाईम : ०४:०८

उत्तर कोरिया र दक्षिण कोरियाबीचको पहिलो चरणको वार्ता सम्पन्न

वैशाख १४ –सन् १९५३ पछि पहिलो पटक उत्तर कोरियाका नेता किम जोन उन दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो भ्रमण किम परिवारकै पहिलो भ्रमण हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनावले दुई देशको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर गएको २ महिनादेखि सुध्रिँदै आएको यी दुई देशको सम्बन्ध अप्रत्यासित रुपमा अघि बढ्न सफल भएको छ ।

शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाका नेता मुन जेइ इन कुरिरहेका थिए । किम हँसिलो चेहरामा मुन नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए ।

किले भेटमा मुनसँग दुई कोरियाको आपसी सम्बन्धमा खुलेर कुरा गर्ने जनाएका छन् । किमले जोक गर्दै मुनसँग उत्तर कोरियाले गएको वर्ष गरेको मिसाइन परीक्षणको कुरा गर्दै मिसाइल कार्यक्रम बन्द गर्ने जनाएका थिए । किमले दक्षिण कोरियाको आइसल्याण्डमा सन् २०१० मा भएको आक्रमणको कुरा गरेका थिए जहाँ चार जनाको ज्यान गएको थि

प्रतिकृया दिनुहोस