• ७ जेठ २०७५ सोमबार/ Monday 5-21-2018
  • स्टुडियो टाईम : १०:४१

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव


तेह्रथुम, १४ वैसाख । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्काे गर्दै गाउँका लाठे र बलवान पाखुरेहरु रोजगारीका लागि विदेशिँदा गाउँका खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छथर गाउँपालिका–२ का नारायण सुब्बाले बताउनुभयो । काम गर्ने मानिसको अभाव हुँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० दिन्छुभन्दा पनि पाइँदैन”, उहाँले भन्नुभयोे । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा अर्ध्शिक्षित तथा शिक्षित युवासमेत गाउँमा भेटिन छाडेका छन् । वैशाख पहिलो साता जिल्लाका अधिकांश गाउँमा मकै गोड्ने काम चलिरहेको छ ।

हिउँदे धान गोड्ने र अलैँची गोडमेल तथा चिया टिप्ने काम पनि चलिरहेको छ तर कामदारको अभावले किसानले समस्या व्यहोरिरहनुका साथै खेतीयोग्य जमिनको क्षेत्रफल पनि वर्षेनी घटदै गइरहेका छन् । गाउँमा हुने चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा समेत युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भटराईले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

भोजपुरमा प्रहरीले वचाए सुत्केरीको ज्यान 

# उन्नति खबर

१४ बैशाख, २०७५

भोजपुर, १४  वैसाख । जिल्ला प्रहरी कार्यालय भोजपुरका दुई जवानले रगत दिएर एक सुत्केरीको ज्यान वचाएका छन् । जिल्ला अस्पतालमा सुत्केरी भएकी भोजपुरको

भोजपुरमा रुखबाट लडेर बृद्धाको मृत्यु

# उन्नति खबर

१४ बैशाख, २०७५

भोजपुर १४ बैशाख । भोजपुरको अरुण गाउँपालिका वडा नं –३ मा एक बृद्धाको मृत्यु भएको छ । स्थानिय ७२ वर्षिय रत्न बहादुर भुजेलको विहिवार साँझ बाँसको घाँस