• ७ जेठ २०७५ सोमबार/ Monday 5-21-2018
  • स्टुडियो टाईम : १०:४४

शुल्क वृद्धिको विरोधमा वीरगञ्जको नारायणी अस्पतालमा प्रदर्शन

वीरगञ्ज  १४ वैशाख, । वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ ।

नारायणी उप -क्षेत्रीय अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो ।गरीबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क वृद्धि गरेर निजी अस्पतालको भन्दा महंगो सेवा बनाएको भन्दै वीरगञ्जका युवा तथा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म नारायणी उपक्षेत्रीय अस्पतालको मुख्य गेटबाहिर विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरे ।

नारायणी उप -क्षेत्रीय अस्पतालमा भएको शुल्क वृद्धि, भ्रष्टाचार, अनियमितता, बेथितिको विरुद्धमा प्रदर्शन गरिएको अभियानका संयोजक ओमप्रकाश सर्राफले बताए ।

‘नारायणी उप- क्षेत्रीय अस्पतालमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु उपचारका लागि आउँछन् तर शुल्क वृद्धि गरेर उनीहरुको ढाड सेक्ने काम भएको छ ‘ उनले भने ‘अस्पतालले प्रदान गर्ने कतिपय सेवाहरु निजी अस्पतालका भन्दा महंगो देखिएको छ । यो अन्यायको विरुद्धमा हामीले आन्दोलनमा जान बाध्य भयौं ।’

प्रतिकृया दिनुहोस

पाँच सय रुपैयाँको नयाँ नोट बजारमा

# अर्थ

१४ बैशाख, २०७५

सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नयाँ निस्किएको नोटमा एउटा मात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि ५ सय