• ९ माघ २०७५ बुधबार/ Wednesday 1-23-2019
  • स्टुडियो टाईम : ०९:१६

आज मोतीराम भट्टको जन्मजयन्ती, साहित्यिक कार्यक्रम गरी मनाइँदै

भोजपुर, २४ भाद्र  
भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।


नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् ।

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

भोजपुरमा सुन ठगी गर्ने जेल चलान

# उन्नति सेरोफेरो

९ माघ, २०७५

भोजपुर,९ माघ । भोजपुरमा सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिड्ने ६ जना भारतीय नागरिक मध्ये २ जनालाई जिल्ला अदालत भोजपुरले पूर्पक्षका लागि कारागार चलान

सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

# उन्नति सेरोफेरो

९ माघ, २०७५

गोरखा, ९ माघ ।गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च

अठचालीस विद्यालयमा शून्य दरबन्दी

# उन्नति सेरोफेरो

९ माघ, २०७५

म्याग्दी, ९ माघ  ।जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक