• ९ माघ २०७५ बुधबार/ Wednesday 1-23-2019
  • स्टुडियो टाईम : ०९:२२

भोजपुरमा ६० हजार धरौटीमा छुटेका नेकपाका नेता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ 


भोजपुर,२० गदौ । 
ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ लगाएत तीन ओटा मुद्धामा जिल्ला अदालत भोजपुर ल्याइएका नेत्रविक्रम चन्द विप्लव समूह  नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० ६० हजार धरौटी रिहा भएका छन् । विश्वकर्मालाई हालका प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईको चढेको गाडीमा वम प्रहार गरे वापत २५ हजार, षडानन्द नगरपालिका – १३ भिर थाप्लोमा वम पडएको मुद्धामा २५ हजार र साल्पासिछिलो गाउँपालिका २ मा चुनावी सभालाई लक्षित गरि वम पड्काएको वापत १० हजार गरि ६० हजार  धरौतीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । 
विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि गत २८ कात्र्तिकमा भोजपुरको पिखुवा खोलामा गोली हानेको लगाएत अभियोगमा उजुरी परेकोले भोजपुर ल्याइएको हो । नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलवार राति भोजपुर ल्याइएको थियो । प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गरेका थिए । 
वहस पछि रिहा भएका विश्वकर्मालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । 
दाङमा पनि मुद्धा रहेकोले पुनः प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।    विश्वकर्मालाई २३ भदौ तरिक दिएको अदालतले जनाएको छ । 

प्रतिकृया दिनुहोस

भोजपुरमा सुन ठगी गर्ने जेल चलान

# राष्ट्रिय

९ माघ, २०७५

भोजपुर,९ माघ । भोजपुरमा सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिड्ने ६ जना भारतीय नागरिक मध्ये २ जनालाई जिल्ला अदालत भोजपुरले पूर्पक्षका लागि कारागार चलान

सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

# राष्ट्रिय

९ माघ, २०७५

गोरखा, ९ माघ ।गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च

अठचालीस विद्यालयमा शून्य दरबन्दी

# राष्ट्रिय

९ माघ, २०७५

म्याग्दी, ९ माघ  ।जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक