• ५ मङ्सिर २०७५ बुधबार/ Wednesday 11-21-2018
  • स्टुडियो टाईम : ०३:०२

अज्ञात रोगका कारण विद्यार्थी विरामी भएसंगै भोजपुरको जनोद्धय मावि वन्द 

भोजपुर,२० भदौ ।  
अज्ञात रोगबाट विद्यार्थी विरामी हुन थालेपछि जिल्लाको एक विद्यालय नै वन्द गरिएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –६ मा रहेको जनोद्धय माध्यमिक विद्यालय वुधवारबाट तीन दिनको लागि वन्द गर्नु परेको विद्यालयले जनाएको छ ।

एक साता अघिबाट छात्राहरुमा रुने कराउने, काम्ने, र वेहोस हुने जस्ता समस्या देखिए पछि विद्यालय नै वन्द गर्ने निर्णय गरिएको विद्यालयका सुचना अधिकारी इच्छा कुमार राईले जानकारी दिए । एक  हप्ता अवधीमा  १२ जना छात्रा बेहोस भएको उनको भनाई छ । वडा अध्यक्ष उद्धव राई सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको सुचना अधिकारी राईले वताए ।

  अज्ञात रोगका कारण विद्यार्थी विरामी पर्न थालेपछि पठन पाठन समेत प्रभावित भएको छ । अज्ञात रोगका विषयमा गाउँपालिका र वडा कार्यालयलाई लिखित जानकारी दिइएको र जन स्वास्थ्य कार्यालयमा पनि मौखिक जानकारी गराइएको विद्यालयले जनाएको छ ।

  गत वर्ष पनि केहि विद्यार्थीमा यस्तो समस्या देखिएको विद्यालयको भनाई छ ।   
 

प्रतिकृया दिनुहोस

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

# राष्ट्रिय

१ असोज, २०७५

भदौ ३१, भोजपुर । नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निमार्ण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।

२०७५ भदौ २५ गतेको राशिफल 

# राष्ट्रिय

२५ भदौ, २०७५

भोजपुर, भदौ २५ मेष राशिः गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका