• ७ असोज २०७५ आइतबार/ Sunday 9-23-2018
  • स्टुडियो टाईम : ०४:३०

भोजपुरमा पनि समता स्कुल सञ्चालनमा आउने 

भोजपुर, १४ बैशाख ।

एक हप्तापछि भोजपुरमा पनि समता स्कुल सञ्चालनमा आउने भएकोे छ । भोजपुर नगरपालिकाले वजार क्षेत्रमा सञ्चालन गर्नु अनुमति नदिए पछि भोजपुरको पोखरेमा विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको विद्यालयका सस्थापक उत्तम संजेलले जानकारी दिए ।

उक्त विद्यालयले नर्सरी, यूकेजी एल केजी र कक्षा एक सम्म भर्ना लिने जनाइएको छ । अहिले निजी घरलाई भाडा लिएर विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । भोजपुरमा यस अघि नै सञ्चालनमा ल्याउने कोशिस गरिए पनि भोजपुर नगरपालिकाले आवश्यक प्रक्रिया पुरा नभएको भने पछि, सञ्चालन आउन सकेको थिएन ।

नगरपालिकाले सहजरुपमा विद्यालय सञ्चालन गर्न अनुमति नदिए पछि सोको व्यावस्थापन गर्न संस्थापन उक्तम सञ्जेल र विद्यालयका संरक्षक हास्य कलाकार हरिवंश आचर्य नै भोजपुर आएका हुन । प्याव्सनले दवाव दिएको भन्दै भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले पोखरेमा मात्र स्वीकृत नदिएको सस्थापक सञ्जलेको भनाई छ ।

यस अघि मेयरको दवावमा वजार क्षेत्रमा विद्यालय सम्वन्धी राखिएको पोष्टर तथा व्यानर समेत प्रहरीले हटाएको थियो । यस विद्यालयले मासिक एक सय रुपैयामा नै अग्रेजी माध्यमबाट अध्यायन अध्यापन गराउदै आएको छ । यो विद्यालय सञ्चालनमा आएमा अन्य निजी विद्यालयमा विद्यार्थी संख्या घट्ने भए पछि केहि सरोकारवाला त्रसित वनेको सञ्चालको भनाई छ । भोजपुर जिल्ला स्थापना हुन लागेको यो विद्यालय ७५ औ विद्यालय रहेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

# राष्ट्रिय

१ असोज, २०७५

भदौ ३१, भोजपुर । नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निमार्ण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।

२०७५ भदौ २५ गतेको राशिफल 

# राष्ट्रिय

२५ भदौ, २०७५

भोजपुर, भदौ २५ मेष राशिः गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका

भोजपुरमा एक महिनाबाट उडान अवरुद्ध

# राष्ट्रिय

२४ भदौ, २०७५

भोजपुर,२४ भदौ भोजपुरको एक मात्र टक्सार विमान स्थलमा एक महिना वढी समयबाट उडान सेवा अवरुद्ध भएको छ । जिल्लामा गत साउन महिनाको १९ गतेबाट उडान वन्द भएको